तुलसीपुर ११ वडाको आयोजनामा कृषि सम्बन्धी तालिम शुरु

दाङ ।तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको आयोजनामा आज देखी ४ दिने कृषि सम्बन्धी अभिमुखिकरन तालिम शुरु भएको छ ।। वडा अध्यक्ष चित्र बहादुर वलिको अध्यक्षता एब कृषी विशेषज्ञ रामा श्री शाहको प्रमुख आतिथ्यमा शुरु भएको अभिमुखिकरन कार्यक्रमको उद्घाटन सत्रमा महिला अधिकारकर्मी शुस्मा गिरि, साना किसान कृषी सहकारी संस्थाका निबर्तमान प्रबन्धक चिरञ्जीवी केसि, वडा सदस्यहरु घनश्याम गौतम, निर्मा चौधरी, खिमा कुमारी बिक, वडा सचिब भुबनेस्वर अधिकारी, प्रशिक्षक बबि बस्नेत लगायतले कृषी तालिमको सफलताको कामना गर्नु भएको थियो ।

वडा सदस्य सुबास डागिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कर्मचारी लक्ष्मी चौधरीले गर्नु भएको थियो । ४ दिन सम्म संचालन हुने तालिमको आजको सत्रमा प्रशिक्षकहरु रामा श्री शाह र बबि बस्नेतले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षक बबि बस्नेतले प्रोजेक्टर मार्फत आधुनिक कृषी तथा तरकारी खेती बारे भिडियाे सहित प्रशिक्षण दिनु भएको थियो ।

११ नम्बर वडाका करिब ६० जनाको सहभागिता रहेको तालिममा धान, मकै तथा तरकारी खेती सम्बन्धी आधुनिक प्रणालीबाट कसरी खेती गर्ने र कसरी धेरै उब्जनी गर्ने भन्ने बारे प्रशिक्षण दिइने वडा सदस्य सुबास डागिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस