काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले गोरु जोतेका छन् ।
१६औ राष्ट्रिय धान दिवसका अवसरमा गोरखाको पालुंगटार नगरपालिका–१ मा सफल मल्टीपर्पोज कृषि फर्मले आयोजना गरेको रोपाइ कार्यक्रममा भट्टराईले गोरु जोतेका हुन् ।
आफ्नो ट्वीटरमा धान रोपेको र गोरु जोतेको फोटा हाल्दै बाबुरामले लेखेका छन्, ‘पुख्र्योली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो । कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ, स्वदेशमै रोजगार सिर्जना गरौं, कृषिमा आत्मनिर्भर बनौं ।’