ब्यावहारी सिपमा युवा युवती आकरर्ष बढदै

दाङ , व्यवहारीक सीप तर्फ फटको मार्दै युबा युबतीहरु।
बेरोजगारी समस्या ले विभिन्न खाडी मुलुक जानू पर्न युवा युवती लाई ब्याध्यता छ ।तर विभिन्न ब्यवहारीक ज्ञान हासिल गर्ने हो भने गाउँ घर मै रोजगारी पाइन्छ भन्ने सन्देश दाङ घोराहि का युवा युवतीले दिएका छन । इन्डियन कुकु ,मिक्स कुक र असिस्टेन्ट वेटर लगाययतका ३ महिने तालिम कक्षा सञ्चालन भएपछि युवा युवतीको आकर्षन बढेको छ।
बेरोजगार अवस्थामा घरमै बसिरहेका युबा युबतिहरु ब्यवहारिक शिक्षा सिक्न थालेका छन दाङ को घोराहिमा ब्रीलियण्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा लि ले इन्डियन कुक, वेटर , कमि -3 कुक को ट्रेनिङ घोराही 15 दाङ मा सन्चालन गरेको छ , शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय द्वरा विश्व बैंक को आर्थिक सहयोगमा ३९० घन्टा का तालिम सञ्चालन मा छन सो तालिममा सहभागी भएका प्रशिक्षार्थी ले यता तालिम ले आफुलाइ हौसला जागेको सामान्य कमाइ का लागि खाडी मुलुक जानू नपर्ने राम्रो मेहनत गरे नेपाल मै रोजगारिको प्रशस्त सम्भाबना भयको बताए ।
ब्रीलियण्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा, लि दाङ का समयोजक दिपेन्द्र घर्ती मगरले वैदेशिक रोजगार बाट फर्कियका,बिपन्न बर्ग, उच्च शिक्षा हासिल गर्न नसकी घरमै बेरोजगार पिडा बेहोरेका युवा युवती लाई व्यवहारिक शिक्षा ले रोजगारी प्राप्ति का लागि थप मद्दत गर्ने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस