लक्ष्मण बस्नेत
असार १३ दाङ ।
तुलसीपुर उपमहानगरपालिका अन्तर विद्यालय स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी गोरखा माबि तुलसीपुरले हात पारेको छ ।
पशुपति मा.बि. हरीपौराको आयोजनामा संचालित प्रतियोगितामा सर्वाधिक २० स्वर्ण,३ रजत र १ कास्य पदकका हात पार्दै गोरखा मा.बि.तुलसीपुरले रनिङ शिल्डको उपाधी चुम्न सफल भएको हो ।
माबि गोरखा संग १७ स्वर्ण पदकले पछाडी परेको महेन्द्र माबि तुलसीपुर ३ स्वर्ण ४ रजत पदक हात पार्दै उपविजेतामा चित्त बुझाउन बाध्य हुदा गुरु जजुर मबि मा. ३ स्वर्ण र १ कास्य पदकका साथ तृतिय स्थान हासिल गर्न सफल भयो । त्यस्तै १ स्वर्ण र ४ रजत र २ कास्य रजत पदक सहित माबी भ्युडर सुनपुर ले सान्त्वना स्थान हासिल गर्यो !
प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा स्थापित निजी तथा सामुदायिक गरि ३५ विद्यालय विच एथ्लेटिक्स, भलिबल र कबडी खेलमा कडा प्रतिस्पर्धा भएको थियो । यसैविच तिन दिन सम्म संचालित प्रतियोगिताको सुक्रबार समापन गरिएको छ ।
सो अवसरमा बिजेता, उपविजेता विद्यालय, खेलाडी तथा उत्कृष्ट खेलाडी एथ्लेटिक्स छात्र तर्फ गोरखा माबि तुलसीपुरका सिमान्त पाण्डे, छात्रा तर्फ गोरखा माबि तुलसीपुरकी सिमा चौधरी, भलिबल छात्र तर्फ ग्रेट अरनिको स्कुल तुलसिपुरका राजेन्द्र बिक,छात्रा तर्फ गोरखा माबिकी निलिमा गौतम, कबडी छात्र तर्फ माबी कालाखोलाका युब राज बिक र छात्रा तर्फ सहिद स्मृति माबिकी अस्मिता बोगटि लाई कार्यक्रमका प्रमुख अतिथी, अतिथी लगाएतले शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । यसैविच गोरखा माबि तुलसीपुरले प्रतियोगिता स्थल पशुपती माबि हरिपौराको खेलमैदान सरसफाई गरेको छ । शिक्षा तथा खेलकुदको क्षेत्रमा आफुँलाई अम्बल रुपमा प्रस्तुत गर्दै आएको विद्यालयका खेलकुद शिक्षक मोहन सुनारको नेतृत्वमा झण्डै १ सय ५० विद्यार्थीको सहभागितामा सरसफाई गरिएको थियो ।