‘पर्यटन व्यवसायमा नव धनाड्यको प्रवेश र पर्यटन क्षेत्रमा यसको प्रत्यक्ष असर’

 

पर्यटन क्षेत्रमा व्यवसाय गर्न र स्थापित हुन सक्नु आफैमा रोमान्चित बनाउने विषय हो । राजा देखि रंकसम्म यसै पर्यटन क्षेत्रबाट जनतालाई समृद्धि हासिल गराउन सकिन्छ भन्ने थेगो नै छ ।

त्यसैगरी हरेक पार्टीका सरकारहरु उदाउँछन् र त्यसै भन्दै अस्थाउँछन् । तथापी आज हामी सँग एकल सरकारको बहुमत छ, फेरी पनि हामी त्यस्तै–त्यस्तै नारालाई आत्मासाथ गरी आफ्ना–आफ्ना व्यवसाय अगाडी बढाइरहेका छौँ ।

‘पर्यटनमा नव धनाड्य’

मेरो व्यक्तिगत आँकडामा सन् १९९८ बाट पर्यटन क्षेत्रमा नव धनाड्यको प्रबेश हुन गएको थियो, त्यसको असर सुरवाती तिर नदेखिए पनि १९ वर्षको बिचमा यस ‘नव धनाड्य वर्ग’ले एउटा प्रकारको नेक्सेस नै बनाएर व्यवसायमा सेन्डिगेट स्थापित गरिसकेको देखिन्छ तसर्थ पर्यटन क्षेत्रमा साधारण व्यवसायिले केही लछार्न नै नसक्ने अवस्था छ ।

नेपाल सरकारबाट अनुमति प्राप्त गरि व्यवसायगर्न कम्पनीमा कसरी यत्रो नेक्सेस खडा गरी सारा व्यापार कब्जा गरिरहेको छ । जति सक्दो चाडो यस विषयमा अध्यन गर्न अधिकार प्राप्त निकायबाट कार्यदल बनाई सहजीकरण गरी छानबिन हुनु जरुरी छ । तब मात्र राज्यधिकारीहरुको समस्त पर्यटन व्यवसायीलाई आ–आफ्नो व्यावसायबाट गुजारा चलाउन सक्ने स्थिती बन्न सक्छ ।

यही मान्यता स्थापित गर्नुपर्छ साथै यो राज्य चलाउने राज्यधिकारीहरुको प्रथम कतव्र्य पनि हो । इतिहास साक्षी छ । हाम्रो आखाँ अगाडी धेरै पर्यटन व्यवसायी छन् जुन १५ वर्षको अवधिमा नव धनाड्यको क्लबमा प्रबेश गरेका छन् । यदि ती व्यवसायीहरु माथि छानबिन गर्ने हो भने, लगानी अन्तै कतैबाट भईरहेको त छैन ? भन्ने गम्भिर प्रश्न आउन सक्छ ।

पर्यटन क्षेत्रको व्यवापार गर्दा सामान्य जीवन गुजारा चलाउन समस्या नहोला तर व्यक्तिगत हैसियत र पहुँच हेर्दा ठुलै व्यापारीक घरानका सन्तान जस्ता देखिन्छन् । त्यस्ता खास–खास व्यक्तिहरुलाई आई ग्लास लगाएर नहेरी केही पत्ता लगाउन सक्ने स्थिति छैन् । समाज व्यवसायिक हुुनुका साथै वैैचारीक पनि हुनु अत्यन्त जरुरी छ ।

जसरी परिवारमा संस्कार जरुरी छ । व्यापार गर्दा जसरी पनि धनी बन्ने होडमा समाज आजको अवस्थामा अल्मली रहेको देखिन्छ । देशमा नेताका,कर्मचारीका र ठुला ठुला कालोबजारीका अथाहा पैसाको लगानी पर्यटन क्षेत्रमा कुनै अमुक व्यक्तिको नाममा हुने परिवेशको विकास भईरहेको छ । तिनिहरुकै हातमा सत्ता र व्यापार कब्जा हुदा आमनागरिकले हरेक क्षेत्रबाट आशा र भरोसा गुमाईसकेको अवस्था छ ।

‘नेपाल पर्यटन बोर्ड र नेताका हस्तक्षेप ’

हामीले सक्षमताका उच्चतम प्रयोग भन्ने सिधान्त अनुसरण गर्दा नेपाल सरकारका विभिन्न निकायमा राजनिति नियुक्तिको अवधारणा बनेकोमा प्रयोगको रुप र रंग हेर्दा काँही काँही अलि सक्षम हो कि ? जस्तो देखिन्छ भने त्यस्ता स्थानमा नेताका खास नजिकका पान र दाम चडाउने मान्छेहरुका नाममात्र सिफारीसमा परेको देखिन्छ ।

समयकाल सँगै यसको परिवर्तन होला वा नहोला तर पर्यटन क्षेत्रमा आम व्यवसायीहरुले के सोच्छन् होला ? भनि विल्कुलै नसोचि पान र दामको जोखाईमा भर्ती केन्द्र्र मात्र बनाएको देखिन्छ । यसको असर सिंगो पार्टी पंक्तिमा त पर्छ । साथ–साथै आउँदो आम निर्र्वाचनमा के होला ? भन्न सकिने अवस्था छैन् । यसको पत्यक्ष असर आम निर्वाचनमा पर्ने प्रस्ट देखिन्छ ।

साथ–साथै पर्यटन बोर्डबाट गरिएका प्रमोसनका खर्चहरु एउटा कथित व्यक्तिहरुको आर्शिवाद र आदिपत्यमा मिलाई जुलाई यसो र उसो गरि अत्यार लाग्दो तरिकाबाट खर्च भईरहेको भन्ने आम पर्यटन व्यवसायीको धारणा छ । उक्त संस्थामा जम्मा भएको पैसा विशेष कर, पर्यटक बाट प्राप्त हुन्छ ।

ती विदेशीले तिरेका कर यदि सहि रुपमा प्रयोग नगरी व्यवसायिक मर्यादा कायम राखिएन भने, कुनै न कुनै दिन फेरी अख्तियारको ढोकामा हाकिम साहेवहरु लामबद्ध लागेर बस्नु पर्ने स्थिती नआउला भन्न सकिन्न । त्यसैले बजारबाट पर्यटन बोर्डको औचित्यको प्रश्न उठ्नु भन्दा पहिले यस्ता विषयको सामाधान गरिएन भने साच्चै नै हामीफेरी इतिहास तिर फर्किएर जानु पर्ने अवस्था आउछ ।

अझैपनि पर्यटन बोर्डको आवश्यकता देखिदाँ देखिदै , सहि अर्थमा चलायमान हुँदैन भने भिरबाट लडने गोरुलाई राम–राम भन्न सकिएला तर काधँ थाप्न सकिने अवस्था नआउला बेलैमा पर्यटन बोर्डका हाकीम साहेबहरु सचेत हुनु जरुरी छ । ‘ट्राभल्स र ट्रेकिङ कम्पनीको औचित्य ’
जब विकासको गति तिब्र हुन्छ, डिजिटल प्रविधिले भित्र्याएका सजिलो संग–संगै एउटा युगको समाप्त हुन्छ । एउटा ट्राभल्स कम्पनीले बेच्ने टिकट पानपसलेले बेच्छ भने ट्राभल्स कम्पनीले नियमन सम्बन्धीत निकायमा गर्ने दर्ता र राजस्व तिर्न आवश्यकता देखिदैन । त्यस्तै गरि ट्रेकिङ्ग कम्पनीका साथीहरु यस्तै भईरहयो भने पाहुनाका आफै झोलाबोकेर गाईड बनी हिड्नुको विकल्प छैन् ।

विदेशमा साना तथा मझौला व्यवसायीलाई राज्यले पुर्ण संरक्षण दिन्छन् तर यहाँ त यस्तै व्यवसायीका घाँटी निमोठनीे काम गरिन्छ । यदि यहि स्पिडमा साना र मझौला पर्यटन व्यवसायीलाई पेलि रहने हो भने दर्ता गरेका पयर्टन विभागका लाईसेन्स हामी त्यही विभागमा फिर्ता गर्न बाध्य हुनेछौ ।

‘टुर र ट्रेकिङ व्यवसायमा सिमित व्यक्तिको आधिपत्य ’

टुर व्यवसाय गुगल र ईन्टरनेटको व्यापक बजारीकरणसँगै विभिन्न मोडलमा टुर्र व्यवसाय चलिरहेको जानकार छदै छौ, उक्त प्रविधिको माध्यमबाट अहिलेको समयमा एउटा साधारण साइट चलाएर भोलियन्टर प्याकेजले टुर व्यवसायको ८०% प्रतिशत हिस्सा कब्जा गरिसकेको छ ।

२०% प्रतिशत हिस्सा अनलाईन प्रोटल बाट बुकिङ्ग हुन्छ जुन प्याकेज ग्राहकले बुक गर्दा प्यकेज बिक्री गर्ने कम्पनीले २०% देखि ३०% प्रतिशत सम्मको कमिसन पोर्टललाई दिनु पर्ने हुन्छ । नेपालमा दर्ता भएर टुर चलाउने कम्पनीका आफ्नो गाडी चलाउने भन्दा अन्य कुनै काम हुदैन । त्यस्ता अव्यवस्थित बजारलाई जब सम्म अन्त्यगर्न सकिदैन तब सम्म पर्यटन व्यवसायमा खासै आसालाग्दो पनि हुदैन ।

त्यसैगरी विषेशत ‘अन्तराष्ट्रिय टिकेटिङ्ग’ मा हवाई जहाज कम्पनी देखि त्यसका खास बिचौलियाको अनुमति बिना सस्तो टिकट पाईदैन र त्यहि टिकट यदि बिचैलिया ट्राभल्समा गएर लिने हो भने चिसो पेय पदार्थको स्वागत सहित पाईन्छ, तैपनि त्यस्ता कम्पनीले एउटा टिकट बाट रु १०,००० देखि रु २५०००  सम्म राखेको पाईन्छ ।

सामान्यतया समाजवाधमा अद्भुत शक्ति हुन्छ, जब क्रान्ती सफल हुन्छ । जनवादले प्रष्ट शासन गर्छ । जब शासन सत्ता सम्हाल्छ यदि सिंघो पार्टी पंक्ती अनुशासित भएन भने पार्टीमा एउटा लेयर दलाल बनेर जन्म लिन्छन् यो पोजिसन पाउने लोभमा जसरी पनि आफुलाई स्थापित गर्ने अभियानमा तिर लेयर दलाल सँग साठ – गाँठ गर्न जान्छ जनताका खुशी र जनताका आवश्यकताको गला घोटिन्छ ।

यस्तै अवस्था हँदैगर्दा समाजमा छरिएर बसेका अनुशीत व्यवसायीहरु आफ्नो सामान्य जीवननयापनको लागि कष्टकर भुमिकामा बाधिनु पर्ने अवस्था आउँछ र नेताका विचौलियाको जबरजस्त फन्दामा पर्न बाध्य हुन्छन् । सरकार वा सरोकारवाला निकायमा त्यहि बिचौलियाको बोलवाला वा दबाबमा जबर जस्ती भर्ती केन्द्र बनाएर पद बाड्दै हिड्ने एउटा पेसा हुन जान्छ र ति व्यक्तिहरु साच्चै क्रियासिल छन् कि छैन कति वर्ष यस व्यवसायमा संग्लग्न छन् ।

तिनका कुनै हिसाब किताब नै हुदैनन्, यस्तो बिडम्बना अहिले भइरहेको देखिन्छ , र आम धारणा पनि यही रहेको छ । पर्यटन व्यवसायमा यस्ता लकिरहरु जब सम्म तोड्दैन्, उनीहरुका प्रभाव कम वा निमिटयान्न गर्न सकिदैन । न त राज्यले असल व्यवसायी पाँउछ न त राजनितिक पार्टीे असल कार्यकर्ता जन्माउन सक्छ ।

पर्यटन क्षेत्रलाई राष्ट्रको विकासको भूमिकामा सक्रिय मेरुदण्डको रुपमा मान्नको लागि नेपाल सरकारले आवश्यक सिद्धान्त तय गर्नु अति जरुरी रहेको छ । साथै विभिन्न रुप र नामबाट छिरेका विचौलियाहरुको पनि पर्दाफास गर्नु अति सान्र्दभिक देखिन्छ ।

लेखक : नाट्टाका पुर्व कार्यसमिति सदस्य तथा पर्यटन व्यवसायी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस