नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ढाल्ने चेतावनी

काठमाडौं,  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् ।

सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान लिएका छन् । लोकतन्त्रको लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या नहुने सभापति उनको दावी छ ।
शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टी निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरे । त्यसै अवसरमा उनले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतह स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारलाई दवाव दिए । उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न सरकारलाई सचेत गराए ।

नेता पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति नलिन पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस