विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने

 

काठमाडौँ, । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संकटकालीन अभ्यास गराउने भएकाले विमानस्थलमा उडान र अवतरण बन्द गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड र विमानस्थल आपतकालीन योजना अनुसार सो अभ्यास गर्नुपर्ने भएकाले शुक्रबार दिउँसो ३ः१० देखि ३ः४० सम्म सम्म विमानको उडान र अवतरण अवरुद्ध हुनसक्ने विमानस्थल कार्यालयले जनाएको हो ।

विमानस्थल कार्यालयले एक सूचना जारी गरि उडान तथा अवरतण करिब ३० मिनेट प्रभावित हुनेसक्ने जानकरी गराएको हो ।

प्रतिक्रिया दिनुहोस