एसईई नतिजा सार्वजनिक, नतिजा यसरी हेर्नुस्

काठमाडौँ –  राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष सञ्चालित एसईई (माध्यमिक शिक्षा परीक्षा)को नतिजा प्रकाशन गरेको छ ।

एसइई परीक्षा गत वर्षको चैत १० बाट सञ्चालित गरिएको थियो। अन्य प्रदेशहरुमा परिक्षा राम्रैसँग सम्पन्न भएता पनि प्रदेश २ मा भने केहि समस्या देखिएका थिए। प्रदेश २ मा पटक-पटक प्रश्नपत्र बाहिरिएपछि विभिन्न विषयका परिक्षाहरु रद्द भई २२ चैतबाट पुन: सञ्चालन गरिएको थियो।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

इन्टरनेटको माध्यमबाट नतिजा प्रकाशनको लागि बोर्डले विभिन्न ११ संस्थालाई स्वीकृति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम लगायतले व्यवस्था गरेको वेवसाइटहरुमा गएर नतिजा हेर्न सकिन्छ।

प्रकाशित नतिजा वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आइभिआरबाट नतिजा सम्बन्धि विवरण प्राप्त गर्नको लागि नेपाल टेलिकमले १६०० मा डायल गर्न सकिने व्यवस्था मिलाएको छ।

यस्तै एसएमएस नतिजा हेर्नको लागि बोर्डले विभिन्न संस्थाहरुलाई स्वीकृति दिएको छ। बोर्डका अनुसार ३१००३ , ३१००७ , ३४९४९ , ३५००१,१६०० लगायतका नम्बरमा एसएमएस पठाएर नतिजाको विवरण लिन सकिन्छ।

इन्टरनेटको पहुँचमा हुनेहरुले  नतिजा हेर्न निम्न वेवसाइटहरुमा जान सक्छन्।

www.moest.gov.np, www.doe.gov.np, www.see.gov.np, www.nev.gov.np, www.see.ntc.net.np

प्रतिक्रिया दिनुहोस