तेस्रो लिङ्गी प्रति समर्पित गीत ‘ बुझिदेउ’ ( भिडियो )

काठमाडौँ-साहित्य , संगीत र सिनेमा समाजको दर्पण हो । गीत संगीतले मनोरञ्जन मात्रै दिने होइन समाजका देखे भोगेका जीवन भोगाइका कथाहरु पनि संगीतका माध्यम बाट प्रस्तुत भैरहन्छन । यसर्थमा कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यम बाट सामाजिक दायित्व पनि पुरा गरिरहेका हुन्छ्न ।
हिजोआज गीत संगीतमा परिवर्तन आएको छ । नयाँ नयाँ प्रयोगहरु गीत संगीतमा भैरहेका छन। भिडियो मेकिङको प्रोसेस पनि परिवर्तन भएको छ।  डिजिटल बजारमा अहिले  एउटा निकै मिठो र सामाजिक सन्देश बोकेको गीत ‘ बुझिदेउ ‘ सार्वजनिक भएको छ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति समर्पित गर्दै गायक राज लिम्बुले आफ्नो डेब्यु गीत ‘ बुझिदेउ सार्वजनिक गरेका हुन। तेस्रो लिङ्गीको भावनालाई बुझिदिन आग्रह गरिएको गीतको भिडियोमा तेस्रो लिङ्गी जोडी निरज र आशिकको अभिनय रहेको छ। भिडियो रिलिज गरिएको २४ घन्टामा ४ लाख बढी दर्शकले भिडियो हेरेका छन भने १३ सय बढी दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

यस गीतमा स्वर , संगीत र शब्द गायक राज लिम्बुको रहेको छ भने गीतको एरेन्ज्मेन्ट बिश्व अधिकारीको गरेका हुन । अजय रेग्मीले खिचेको भिडियोमा निरज , आशिक  , लक्ष्मण चौलागाईं , सावित्री देवी गौतमको अभिनय रहेको छ। क्रान्ति केसीको सम्पादन र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

प्रतिक्रिया दिनुहोस