एसईईको नतिजा आज सार्वजनिक हुने, १ बजे बोर्डको बैठक बस्दै

काठमाडौं   राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

दिउँसो १ बजे बोलाइएको बैठकपछि आवश्यक प्रक्रिया पुरा गरेर नतिजा प्रकाशन गर्ने तयारी भएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।

नतिजा दिउँसो ३ बजेपछि मात्रै हेर्न सकिने बताइएको छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस