मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु

मोरङ– मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो।

रंगेली नगरपालिका–९ का १४ का अभत ऋिषिदेव र १६ वर्षका अनिल ऋिषिदेवको मृत्यु भएको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

प्रहरीका अनुसार उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस