अब शिक्षामा भिजन अनुसार नचले,टिकन गार्‍हो:मेयर पाण्डे

दाङ, तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेले शैक्षिक संघ संस्थाहरु कुनै भिजन नबनाई हचुवा को भरमा चल्न खाेजे केही बर्ष मा बन्द हुने अबस्थामा पुग्ने बताएका छ्न।शिक्षा बिकास तथा समन्वय ईकाई काे आयोजनामा आज देखि संस्थागत बिधालय का संचालक तथा प्रीन्सिपल का लागि क्षमता बिकास कार्यशाला को उद्घाटन कार्यक्रम मा बोल्दै पाण्डेले संस्थागत तथा समुदायक बिधालयहरु समयसापेक्ष रणनीति बनायर समन्वय गर्दै अगाडी बढनु पर्ने मा जोड दियका थिय।कार्यक्रम का प्रमुख अथिती समेत रहेका पाण्डेले दाङलाई शैक्षिक सिकाई केन्द्र बनाउन आफुहरु लागी परको भन्दै सो कार्यमा सबैले हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।दुई दिन सम्म चलने तालिम मा अाज अायाेजक ईकाईका प्रमुख शुरेशकुमार शर्मा ,तुलसीपुर उपमहानगर शिक्षा प्रमुख भाष्कर गौतम ,ईकाईका देबि चौधरी ले प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रम मा बबई शान्तिनगर दङगिशरण र तुलसीपुर उपमहानगरपालिका क्षेत्र का बिधालय प्रमुखहरुको उत्साहजनक उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस