गलबन्दीको विवाद टुङ्गीयो, शम्भु राईको नाम संगीतमा राखिने

काठमाडौं : गलबन्दी विवाद सुल्झिएको छ। दुबैपक्षले मंगलबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै विवाद टुंग्याएका हुन्। गलबन्दी गीतमा संगीतकारका रुपमा शम्भु राईको नाम राख्ने सहमति भएको छ। सहमति अनुसार प्रकाश सपुतको नाम पनि संगीतकारकै रुपमा रहनेछ।

सपुतको ‘गलबन्दी च्यातियो’बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै यसबारे विवाद सदनदेखि सामाजिक सञ्जालसम्म चार्चा हुन थालेको थियो। पछि राईले पनि आफ्नो गीतको लय चोरी भएको बताएका थिए।

अर्कोतर्फ  सपुत राईको देउसीभैलो गीत कहिल्यै नसुनेको दाबी गर्दै आएका थिए। यद्यपि मंगलबार दुई पक्षबीच सहमति भएको हो। 

प्रतिक्रिया दिनुहोस