दाङमा चट्याङ् लागेर तीन बालकको मृत्यु

               आशिष के.सी.
दाङ, असार १० ।।
दाङमा चट्याङ् लागेर तीन बालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका वडा नं. ४ स्थित मौरीघाट मा.बि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो । साथै सोही रुखमा चढेका बिनासका भाई ८ बर्षीय अविनास चौाधरी भने गम्भीर घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस