रौतहटमा थुनुवा बोकेको प्रहरीको गाडी दुर्घटनाग्रस्त

रौतहट  , रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा दुई जना थुनुवाहरुको मंगलबार मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रपुरको प्रहरी गाडी दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिकाका ४० वर्षीय रमेश कुमार चौधरी र रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाका २६ वर्षीय मुकेश भन्ने निर्मल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

घाइतेहरुको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पताल प्रहरी विटका प्रहरी जवान खुसी कुमार चौधरीले जानकारी दिए । मृतक थुनुवाहरुको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको चौधरीले बताए ।

मंगलबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट जिल्ला प्रहरी कार्यालय गौर जानेक्रम बालचनपुर भन्ने स्थानमा गाडी अनियन्त्रित भई दुर्घटना भएको थियोे । रौतहटमा थुनुवा लिएर म्याद लिन जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना हुँदा विभिन्न मुद्दाका चार जना आरोपी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ६ जना प्रहरीसहित प्रहरी गाडीमा चालकसहित १० जना रहेका थिए ।

प्रतिक्रिया दिनुहोस