काठमाडौं , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि (असार १० गते) नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो ।
गत शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थियो । आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरेको थियो ।
सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा जनाइएको छ ।