प्रहरीले पाँचथान हतियारसहित नेत्रविक्रम चन्द विप्लव समुहका तीन जनालाई पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद् प्रमुख अशोक राईसहित तीन जनाई पक्राउ गरेको हो ।
आइतबार मोरङको बेलवारी नगरपालिका– ३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्दरहरैचा नगरपालिका–१२ का अशोक राई र कानेपोखरी गाउँपालिका ६ सुदिप भनिने कंश धिमाललाई पक्राउ परेका थिए ।
को १७ प ४५८६ नम्बरको मोटरसाइकल स्कुल डाँडा पुगेका राई र धिमाललाई पक्राउ गरेको प्रहरीले सोधपुछ गर्ने क्रममा धिमालको दुई थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको हो ।
सोधपुछका क्रममा धिमालको घरमा हतियार रहेको थाहा पाएपछि कानेपोखरी गाउँपालिका– ६ बिहीबारेस्थित धिमालको कोठाबाट २ थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली फेला पारेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरुको बयानका आधारमा सोमबार प्रहरीले उर्लाबारी नगरपालिका–२ का ४८ वर्षिय केन्द्रलाल धिमललाई पक्राउ गरेको हो ।
धिमालको घरबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । घरमा खोजतलास गर्दै पुगेको प्रहरीले तीनमध्ये एक बन्दुक लोड गरेको अवस्थामा फेला पारेको हो ।
धिमालको घरबाट बारुद, छर्रा पनि बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पक्राउ परेका राई विप्लव समुहको मोरङ जिल्ला जनपरिषद प्रमुख हुन् । केन्द्रलाल र कंश भने जिल्ला तहका नेता हुन् ।
कंश धिमाल भने अपराधिक गतिविधिमा संलग्न हुदै आएका व्यक्ति हुन् । धिमाल मोरङ उर्लाबारी मंगलबारेको सुनचाँदी पसल र झापा दमकको लक्ष्मी बैंक लुटपाटमा संलग्न थिए । बैंक लुटेको मुद्दामा धिमाल सात वर्ष जेल परेका थिए । जेलबाट छुटेलगत्तै छुटेर विप्लव समुहमा अपराधिक गतिविधिमा संलग्न हँुदै आएका छन् ।
यो पनि,
नेकपा नेता एवं सांसद जनार्दन शर्माले सर्लाहीमा प्रहरीको जवाफी कारबाहीमा मारिएका भनिएका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई पौडेल हत्या प्रकरणलाई लिएर ¥याख्¥याख्ती पारे । उनले गृहमन्त्री र प्रहरीको दाबीमाथि विश्वास गर्ने आधार नरहेको बताए । जनताले घटनाबारे अर्कै सूचना दिएकाले जनताको सूचनामा भर परेर दोषीमाथि कारबाही गर्न उनले माग गरे ।
‘कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको भन्दै विश्वास छैन’, शर्माले प्रश्न गरे, ‘भिडन्तमा मारिएको मानिसको हात ६–७ ठाउँमा कसरी भाँचिन्छ ?’ मानवअधिकारको रक्षा गर्नुपर्ने सरकार नै नक्कली भिडन्त खडा गरेर गैरन्यायिक हत्यातर्फ उन्मुख भएको भन्दै आपत्ति जनाए ।
फरक प्रसंगमा शर्माले विप्लवमाथि प्रतिबन्ध गलत भएकाले सरकारले फिर्ता लिनुपर्ने जिकिर पनि गरे । सोही बैठकमा गृहमन्त्री थापाले भने मोटरसाइकलमा रहेका चार जनाले गस्तीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी फायर गरेको र प्रहरीले जवाफी कारबाही गर्दा पौडेलको मृत्यु भएको जवाफ दिएकाछन् ।
यो पनि,
केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुटगत भेला बोलाएको भन्दै समाचार बनाएपछि त्यसले आइतबार दिनभर काठमाडौँको राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका बेला सहमति भएर छपाइका लागि तयार पारेको राजनीतिक प्रतिवेदन संशोधनको प्रस्ताव गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले विरोध गरेका थिए ।
ओलीले महाधिवेशनसम्म स्थगन गर्ने भनिएको तत्कालीन एमालेको मार्ग्निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद ब्युँताउन खोजेको आशंका प्रचण्डले गरेका छन् । त्यही कारण शुक्रबारै पूर्वमाओवादी केन्द्रका निकट विश्वासपात्र नेतासँग प्रचण्डले गोप्य भेटघाट गरेको भन्ने समाचार आएको दाबी प्रचण्ड सचिवालयको छ । स्रोतका अनुसार प्रचण्ड निवासमा अरु कोही नेता नभई अग्नि सापकोटा गएका थिए ।
आइतबार सापकोटाले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेका थिए । प्रचण्डको सचिवालयले कुनै गुटगत भेला नभएको भन्दै सापकोटाले आफ्नो चीन भ्रमणबारे जानकारी गराउन समय मागेर भेट्न आएको बताएको छ । ‘उहाँ (अग्नि) चीन भ्रमणमा जानुभएको थियो । फर्केपछि भ्रमणका विषयमा अध्यक्षलाई जानकारी गराउन आउनुभएको हो’, प्रचण्डको सचिवालयका एक सदसय्ले भने ‘कुनै गुटगत छलफल वा बैठक भएकै छैन ।’
स्रोतका अनुसार प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रचण्ड निवासमा गुटगत बैठक भए नभएको बुझ्न जासुसी संयन्त्र परिचालन गरेका छन् । प्रचण्डले भेला बोलाएको समाचार आएपछि ओली पक्षधरले आइतबार दिनभर त्यसको पुष्टिका लागि दौडधुप गरेका छन् ।
यो पनि,
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ ।
दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो । सरकारको कार्यशैलीप्रति बेलाबेलामा असन्तुष्टि जनाउँदै आएका दाहाल प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले लिएका पछिल्लो निर्णयको विपक्षमा देखिएका छन् ।
दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको विषयमा मतभेद देखिएको छ ।
स्थानीय तहका ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनदेखि पार्टीको कार्य्दिशासम्ममा फरक मत देखिएको छ ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्थानमा अर्को नेतालाई जिम्मेवारी नदिएकोमा पनि प्रचण्डले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका छन् । नागरिक दैनिकबाट
यो पनि,
दुई तिहाइको शक्तिशाली बहुमतको सरकार भन्दै जनताले निकै ठुलो आशा राखेका थिए । तर विस्तारै सरकारप्रतिको आशक्ति विस्तार हट्दै गएको देखिन्छ । भित्रभित्रै गम्भिर खालका चलखेल र षड्यन्त्रको रिहलर्सल चलिरहेको छ ।
पछिल्लो समय शीर्ष नेतामा देखिएको संवादहिनता चरम राजनितिक खिचातानीका कारण गम्भिर राजनीतिक अनिष्टको अवस्था आउँन लागेको छ ।
मुलुकमा गम्भीर राजनीतिक परिवर्तनको संकेत देखा परेको छ । सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुबीचमै शंका उपशंका बढ्नुकासाथै एक अर्कालाई भित्रभित्रै सिध्याउने खेल सुरु भएपछि राजनीतिक दुर्घटना आंकलन गरिएको हो ।
विश्वस्त श्रोतका अनुसार बुधवार काठमाडौंमा गुठी विधेयकविरुद्ध भएको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग रुष्ट भएका छन् । प्रदर्शनमा पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्तासमेत सहभागी भएपछि ओली प्रचण्डसंग चिढीएका हुन् ।
आफनै पार्टी भित्रबाट असहयोग भएपछि रन्थनिएका प्रधानमन्त्री ओलीले यसअघि वरिष्ठ नेता माधव नेपाललाई आफूलाई सहयोग नगरे पार्टी एकता पनि अघि नबढ्ने र संसद् पनि भंग हुनसक्ने चेतावनी दिएका थिए ।
अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. सशांक कोइराला लगायत नेताहरुसंग बाक्लो भेटघाट भैरहेको सूचना पाएपछि प्रधानमन्त्री ओली सशंकित भएका छन् । उनले यी दुई विषय उठाएर प्रचण्डमाथि एक्सन लिनसक्ने बताइएको छ ।
यो विषयमा बुधवार बिहान र दिउँसो पटक–पटक ओली र दाहालबीच छलफल भएको थियो । जति छलफल भएपनि त्यो मन माझ्नु भन्दा पनि रणनीतिक चालका रुपमा मात्र देखिन थालेको छ ।
यसअघि आफू स्वीटजरल्याण्डको भ्रमणमा हुँदा भेनेजुएला प्रकरण र भारतमा हुँदा ५ बुँदे सम्झौताको विषय उछालेर आलोपालो प्रणालीका नाममा सत्ताको सौदावाजी गर्न खोजेको भन्दै ओली प्रचण्डसंग आक्रोशित भएका थिए ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दा प्रधानमन्त्री ओली निराश भएर फर्किदै गर्दा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए । यसअघि नेपाल आजसंग कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य एवम सभापति देउवाका विश्वासपात्र मीन विश्वकर्माले प्रचण्डले ओली भन्दा देउवा काम गर्न सहज भनेर आफूहरुसंग भन्ने गरेको खुलासा गरेका थिए । यसले पनि ‘दाल मे कुछ काला हे’ भन्ने कुरा पुष्टि भएको छ ।
बुधवारको प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पनि फेसबुकमा राजनीतिक परिवर्तनको संकेत गर्दै स्ट्याटस लेखेका छन्
‘राजनितिक रुपमा केहि खिचडी पाक्दैछ , अलग अलग उच्चस्तरीय राजनितिक भेटघाट बाक्लीदैछ कुनै अप्रिय घटना नहोस् जनता बाट यहि कामना गरिन्छ ।
आशा गरेका जनता नेताहरुको व्यक्तिगत स्वार्थ र खिचातानीका कारण दिक्क भएका छन् । राजावादी देखि अतिवादी सम्मको चलेखेल एकै पटक बढेको छ । प्रधानमन्त्री स्वयमंले आज भोली पटक पटक निराशा बोलिरहेका छन् ।
देशको शक्तिशाली भनिएका प्रधानमन्त्री नै सचिवले धोका दिए ढाँटे अनि काम गर्न सकिएन जस्ता हलुवा कुरा गरेर उम्कन खोज्ने बाटो खोज्दै छन् । विश्वस्त स्रोतका अनुसार केपी सरकारलाई नागरिक स्तर बाट जतिसक्दो अलोकप्रिय बनाउँने र त्यसैमा खेलेर सरकार ढाल्ने सम्मको खेलमा देशि विदेशी शक्ति केन्द्रहरु दिन रात लागिरहेका छन् ।
शक्तिकेन्द्रहरुको ध्यान जसरी भएपनि सत्तारुढ नेकपामा खेल्ने र राजननितिक अस्थिरताको व्यापार गर्ने भन्ने नै बुझिएको छ । शक्तिकेन्द्रहरुले कहिले प्रचण्ड , कहिले बामदेव त कहिले भिम रावल कार्ड प्रयोग गरेर नेकपा भित्र खेलिरहेको छ ।
पछिल्लो राजिनतिक वातावरणबाट वाक्क भएका प्रधानमन्त्री ओलीले कुनै कठोर कदम चाल्न सक्ने आकलन वास्तविकताको नजिक छ । फेरी पनि देश अस्थिरता र खिचातानीको बाटोमा गयो भने यसले गम्भिर मूल्य चुकाउँनु पर्ने निश्चित छ ।