जिल्ला लिग जारी लक्ष्य लिगको शिर्ष स्थानमा

लक्ष्मण बस्नेत
असार ९ दाङ ।
दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ मा लक्ष्य युवा क्लब मलवार लिगको शिर्ष स्थानमा रहेको छ !
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत सोमबार युनाईटेड युथ क्लब तुलसिपुर लाई सुन्यका बिरुद्ध २ गोल अन्तरले पाखा लगाउदै आफ्ना दुई खेल बरबरी र एक खेलमा जित दर्ता गरेको लक्ष्य युवा क्लब ५ अंकका साथ शिर्ष स्थानमा रह्यो ! लक्ष्यका तर्फ बाट खेलको पहिलो हाफ्को ५ औ मिनेटमा जर्सी न ७ का नरेश बुढामगरले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए भने दोस्रो हाफ्को २२ औ मिनेटमा जर्सी न ८ का निशान बुढामगरले थप एक गोल गर्दै टिम लाई २-० को जित दिलाउन सफल भए !
उसले अब आफ्नो एक खेल्न बाकी छ ! त्यस्तै आफ्नो एक खेल मात्र खेलेको सक्सेस युथ क्लब एक खेलमा जित हासिल गर्दै जारी लिगको दोस्रो स्थानमा छ ! यसैबिच मंगलवार बेलुका सवा ५ बजे हुने खेलमा आफ्नो एक खेलमा बराबरी खेलेको स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसिपुर (एस एस एफ ए) र युनाइटेड युथ क्लब आमने सामने हुदैछ्न् !

प्रतिक्रिया दिनुहोस