प्रकाश सपुतको गलबन्दी गीत चोरी गरेको चर्चा संसद बैठकमा

काठमाडौं : पछिल्लो समय निकै चर्चामा रहेको गायक प्रकाश सपुत र शान्ति श्री परियारको गलबन्दी गीतबारे प्रतिनिसभा बैठकमा चर्चा चलेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद मीनबहादुर विश्वकर्माले गायक सपुतले गीत चारी गरेको भनी लगाइएको आरोपप्रति आपत्ति जनाएका हुन् ।

उनले गाउँमा मेलापात, गोठालो, रोधीमा गाइने लोक भाकाहरु कसैको नीजि नहुने बताए । सपुतको गीत कसैको गीतसँग मेल नखाएको दाबी गर्दै सांसद विश्वकर्माले आफ्नो गीत मिल्यो भन्दै शम्भु राईले मुद्दा हल्नु गलत भएको भनाइ राखे ।  ‘एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा फरक भूगोल, फरक परिवेश, फरक शब्द र फरक कालखण्डमा उस्तै–उस्तै गीत मैले पनि गाएको थिएँ नक्कल भयो भनी मुद्दा हाल्नु एक  प्तिष्ठत कलाकारको लागि लज्जाको विषय हो’ सांसद विश्वकर्माले भने।

यस सन्दर्भमा सामाजि सञ्जाल मार्फत प्रकाश सपुतलाई जातीय भेदभाव हुनेगरी निच शब्द प्रयोगरी गरी गाली गरी हतोत्साहि बनाएको विश्वकर्माले आरोप लगाए । कानुन र सामाजिक सद्भावको बर्खिलाब हुनेगरी अभिव्यत्ति दिएकाले उनीहरुलाई साइबर कानुन र जातीय भेदभावविरुद्धको अपराधमा कारबाही गर्न उनले माग गरे । रेशम चौधरीको प्रशंग उठाउँदै विश्वकर्माले सरकार नै जातीय द्वेष बढाउन उद्दत रहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस