वसन्त, एलिना, सुजता र बेनिशाको ‘सम्बन्ध’ सार्वजनिक



काठमाण्डौ-संगीतकार वसन्त सापकोटाको नयाँ गीत सम्बन्ध सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा वसन्तसँगै एलिना चुहान, सुजता वेर्मा र बेनिशा पौडेलकको स्वर रहेको छ । गीतको शब्द स्वप्लिन बरालले लेखेका हुन् ।

एक-अर्काको सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियोमा पनि सोही कुरालाई देखाउन खोजिएको छ । भिडियोमा पनि गायिकात्रय एलिना, सुजता र बेनिशा फिचर छन् । जहाँ उनीहरुको मित्रता र साथित्वलाई देखाइएको छ । भिडियोमा वसन्त पनि देखिएका छन् ।

शान थापाको निर्देशनमा भिडियो तयार भएको छ । अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोको सहायक निर्देशक राजिव समर हुन् ।
सार्वजनिक उक्त गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन् । गीतको मिक्सिङ भने श्यामस्वेत रसाइलीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस