दिप्तीशिखा चौधरी दाङ , दंगीशरण गाउँपालिकामा संसद बैठक शुरु भयो । मर्यादापालक हरी प्रशाद डांगीले संसद बैठक बस्ने जानकारी गराए । उप — सभामुख माया खड्का महासचिव रुखलाल चौधरी संसद भवन भित्र छिरे ।
राष्ट्रिय गीतको धुन बज्यो । संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री यूवा तथा खेलकुद मन्त्री एक तर्फ र प्रतिपक्ष दलका नेताहरु अर्को तर्फ विभाजित भएर बसेका थिए ।
उप – सभामुखले सुन्य समय आरम्भ भएको घोषणा गरिन । शुन्य समयमा उप – सभामुखले माननीय सदस्यहरुलाई १ मिनेटमा आफनो भनाई राखिदिन आग्रह गरिन् ।
शुन्य समयमा माननीय सरु वलीले दंगीशरणका सामुदायीक बिद्यालयमा गुणस्तरीय शिक्षा नभएको र प्रयाप्त मात्रामा खेलकुद सामाग्री नभएकाले शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी नभएको भन्दै सभामुखको ध्यानआकर्षण गराईन् । यस्तै माननीय इला चौधरीले स्वास्थ्य सस्थाले दिने सेवामा कमी भएको भन्दै स्वास्थ्यको क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराईन् । यस्तै माननिय सुदिप भुसाल, माननीय सपना डांगी माननीय गंगा वली, माननिय विनोद चौधरी लगाएतले खेलकुद मैदान, यूवामैत्री कार्यक्रम , जनचेतनामुलक कार्यक्रम शिक्षा , स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
शुन्य समय पछि उप — सभामुखले बिषेश सयम आरम्भ भएको जानकारी गराउँदै नाम प्राप्त भएका प्रतिपक्ष दलका प्रमुख सचेतक माननीय सन्तोष चौधरीलाई ३ मिनेटमा आफनो भनाई राख्न निर्देशन दिईन् । माननीय चौधरीले देशमा छुवाछुतको अन्त्य हुन नसकेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्ष गराए । माननीय सिर्जना के.सीले वडामा एक वडा एक भलीवल भन्ने भनाईलाई कार्यान्वयन गर्नुपर्ने भन्दै यूवालाई खेलकुदप्रती केन्द्रित गराउँनुपर्ने भन्दै सरकारको ध्यानाकर्ष गराईन् । यस्तै माननीय भगवती बुढामगर, माननीय पूर्णमा चौधरी, गांगा वली, लक्ष्मी बुढा, एमुना डांगीले गाउँपालिकामा रहेका स्वास्थ्य सस्ंथामा एम्वुलेन्सको ब्यवस्था गर्नुपर्ने , वेराजगारलाई अन्त्य गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराईन् । त्यसपछि उपसभामुले शुन्य समय र विशेष समयमा माननीय सदस्यहरुले यूवाका विषयमा राखेको भनाईको जवाफ दिन माननीय शिक्ष विज्ञान तथा प्रविधी मन्त्री पैविन योगीलाई अनुमती दिएपछि मन्त्री योगीले शुन्य समय र बिषेश समयमा उठेका प्रश्नको जवाफ दिए ।
शुन्य र बिषेश समयको समाप्त भएको जानकारी गराउँदै उपसभामुखले प्रधानमन्त्री संग प्रत्यक्ष रुपमा प्रश्न सोध्ने समय भएको घोषणा गरिन । उपसभामुखले माननीय शंकर चौधरीलाई प्रश्न सोध्ने समय दिएपछि माननीय चौधरीले दंगीशरणमा उच्च शिक्षा अध्ययनका लागि बिद्यालय नभएको भन्दै उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बातावरणको अन्त्य हुनुपर्ने भन्दै उपसभामुख मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उपसभामुखको निर्देशन पछि प्रधानमन्त्री चक्र मिलन बि.क. ले उक्त प्रश्नको जवाफ दिए । यस्तै प्रतीपक्ष दलका माननीय सरु वलीले बिद्यालयमा छात्रामैत्री हुनुपर्ने भन्दै छात्राहरुका लागि सेनेटरी प्याडको ब्यवस्थापन गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराईन् । प्रधानमन्त्रीलाई आफनो स्थानमा आशन गर्न निर्देशन दिदै उपसभामुखले राष्ट्रपती लाई युवा सरकारको २०७६-०७७ को युवा विकासका लागि वार्षिक नीति तथा कार्यक्रम प्रश्तुत गर्न आग्रह गरिन ।
राष्ट्रपती रमीता चौधरीले १५ मिनेटको समयमा संसदमा युवा सरकारको विभीन्न बिकाश निर्माणका योजनाहरु समेटिएको निती तथा कार्यक्रम प्रश्तुत गरीन् । त्यसपछि उपसभामुखको आग्रहमा ५ मिनेटको समयभित्र संसदमा उठेका सवालहरुको एकमुष्ट रुपमा जवाफ सहित सम्बोधन गर्न राष्ट्रपतीलाई आग्रह गरेपछि राष्ट्रपती चक्रमिलन वलीले संसदमा सम्बोधन गरे । संसदमा उपसभामुखले २०७६÷०७७ को निती तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गर्ने अनुमती माग्दै हुन्छ भन्ने माननीय सदस्यहरुले हुन्छ र हुन्न भन्ने माननीय सदस्यहरुले हुन्न भन्नुहोला भन्दै अनुमती मागीन । निर्णयार्थ निती तथा कार्यक्रमलाई प्रतिपक्ष दलका सासंदहरुले हुदैन र सत्तापक्ष दलका सांसदहरुले हुन्छ भनेपछि हुन्छ भन्ने माननीयहरुको बहुमत धेरै भएकाले संसदमा प्रश्तुत भएको यूवा निती कार्यक्रम उपसभामुख बाट पारीत भएको घोषणा गरियो । नीती तथा कार्यक्रम पारीत गर्दै उपसभामुखले प्रतीपक्ष दलका नेता खुसीराम चौधरीले आफनो भनाई राख्दै पुनःसरकारको ध्यानाकर्षण गराए ।
संसद बैठकको अन्तयमा प्रधामन्त्रीले सबै दलका नेतालाई धन्यवाद दिए र आजको संसदको दोस्रो बैठक १ घण्टा ३० मिनेट बसेर स्थगन गरिएको जानकारी गराईयो । दंगीशरणमा आज नमूना यूवा सांसदले आयोजना गरेको दंगीशरण गाउँपालिका स्तरयि नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रममा यूवाहरुले यस्तो प्रश्तुती देखाए ।समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने नाराका साथ युवा सांसदले यस्तो कार्यक्रमको आयोजना गरेकोहो । कार्यक्रम अवधिभर साच्चिकै सांसद भित्र बसेको अनुभव भएको थियो ।
संसंद बैठक पछि औपचारीक कार्र्यक्रमको आयोजना गरी भागिराम चौधरीको प्रमूख आतीथ्यतामा यूवा संसदका यूवाहरुलाई प्रमाण पत्र प्रदान गरियो । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले यूवाहरुको यो सह्राहनीय कामले आफुलाई धेरै नै घच्घच्याएको भन्दै यूवाका लागि आगामी दिनमा कार्यक्रमका योजनाहरु थप गर्ने बताए । गाउँपालिकालाई युवामैत्री बनाउँनुपर्ने आवश्यक रहेको भन्दै यसमा आफु सधैँ सकारात्मक रहेको कताए । अध्यक्ष चौधरीले यूवाका लागि आफुले सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने प्रतीबद्धता ब्यक्त गरे ।
सो अवसरमा प्रशासकिय प्रमूख चन्द्रकान्त पौडेले आफनो लागि यो नौलो बिषय भएको भन्दै युवाका लागि यस्ता कार्यक्रम आवश्यक रहेको कुरा आफुले मनन गरेको भन्दै युवा संग हातेमालो गरेर अगाडि बढ्ने बताए । यस्तै शिक्षा शाखा प्रमूख विनोद अधिकारीले युवाका शैक्षीक स्तर बढाउँनका लागि आफु सधै तयार रहेको कुरा बताए । यस्तै युवा परिषद दाङ्गका अध्यक्ष शुरेस रावतले अवको निती तथा कार्यक्रममा युवालाई समेटिनु पर्ने सुझाव दिए । गाउँपालिकामा यूवाहरु धेरै भन्दा धेरै सकारात्मक काम गर्न सक्षम भएकाले कुनै पनि तहमा युवालाई छुटाउँन नहुने कुरा बताए । यस्तै नेकपाका नेता एम.एन शाहले अवको नेता भनेको यहि युवा भएको भन्दै दंगीशरणमा सक्षम युवाको निर्माण गर्न जरुरी रहेको बताएका थिए ।