नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) तुलसीपुर ११ का पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको छ ।
नेकपाका केन्द्री सदस्य भागवत विश्वासीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । त्यस अवसरमा नेकपाले नै देशलाई समृद्धि र परिवर्तनको दिशामा अघि बढाउने बताए ।
वडाध्यक्ष लोकजङ्ग शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, नेता शोभाराम बस्नेत, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे,उप–प्रमुख माया आचार्य, पूर्वसांसद शारदा स्वर्णकार, नेकपा प्रदेश कमिटि सदस्य राम बहादुर दहित, तुलसीपुर नगर कमिटि अध्यक्ष खुसीराम चौधरी,सचिब माधव वली, नेकपा दाङका सदस्यहरु हुकुम बहादुर बस्नेत,मान बहादुर रावत,मनोहर बुढाथोकी,श्याम डाँगी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।