olux

नेसनल प्याब्सन, दाङले आयोजना गरेको २दिने मन्टेस्वरी तालिम को समापन

दाङ , नेसनल प्याब्सन दाङको आयोजना र स्कुल अफ ट्रेनिङ प्रा. लि हिजो देखि तुलसीपुरमा सुरु भएको मन्टेस्वरी ट्रेनिङ को आज एक कार्यक्रम बीच समापन गरिएको छ। दुई दिनसम्म चलेको तालिममा नेसनल प्याब्सनमा आवद्ध ४० स्कुलका करीब ८० शिक्षक/शिक्षिकाहरुको उपस्थिति रहेको थियो। समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेसनल प्याब्सन प्रदेश न ५का सम्योजक सुबोध कुमार डाङिले ट्रेनिङले शिक्षण प्रक्रियामा सहयोगि भुमिका खेल्ने बताउनु भयो त्यस्तै बिशिस्ट अतिथिको तुलसीपुर उपमहानगर पालिका शिक्षा सम्योजक श्री देवराज बिस्वकर्माले निजि विद्यालयले शिक्षामा राम्रो गरीरहेको र तुलसीपुर उपमहानगर पालिकाले निजि विद्यालय सङ आफू सहकार्य गरेर जान तयार भएको बताउनु भयो। त्यस्तै नेसनल प्याब्सन केन्द्रिय सदस्य प्रकाश शर्माले तालिम बाट सिकेको कुरा कक्षा कोठा सम्म पुग्ने कुरामा सबै बिस्वस्त हुन सके तालिमको प्रभाव कारीता बढने बताउनु भयो। नेसनल प्याब्सन, दाङका अध्यक्ष भिम बहादुर बुढाथोकी को अध्यक्षतामा भएको कार्यक्रम सचिब ठाकुर डाङिले संचालन गर्नु भएको थियो। प्रशिक्षकको रुपमा स्कुल अफ ट्रेनिङ , घोराही का निर्देशक प्रतीक्षा गौतम रहनु भएको थियो भने उक्त कार्यक्रममा सहभागीहरुको तर्फ बाट पेदा योगि, गिता बिक, रितु जिसी र बिन्दु न्यौपानेले आफुले तालिममा सिकेका कुरा कक्षा कोठा सम्म प्रभाबकारी ढंगले लैजाने बिश्वास दिलाउनु भयो। कार्यक्रममा उपाध्यक्ष बिमल गौतम, भोजराज न्यौपाने , कोषाध्यक्ष हरी प्रसाद भण्डारी, सदस्य भागवत भट्टराई,राेमहर्ष शर्मा लगाएत लेतालिम वयवस्थापनमा सहयोग पुरयाउनु भएको थियोे । कार्यक्रमको सम्योजन नेसनल प्याब्सन, दाङका उपाध्यक्ष भोजराज न्यौपानेले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस