माद्यामिक बिद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

दाङ , माद्यामिक बिद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । स्वतन्त्र युवा क्लब तुलसीपुर ६ राजापुर दाङका अध्यक्ष सन्दिप गौतमाको सभापतित्व तथा तुलसीपुर नगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो ।

तुलसीपुर क्षेत्रका १६ बिद्यालयको सहभागीता रहेको प्रतियोगीतामा शान्तिदिप बोर्डिङ स्कुल प्रथम, म्यारिगोल्ड बोर्डिङ स्कुल द्वितिय र तुलसी आवासीय स्कुल तृतिय भएका छन् । प्रतियोगीतामा विजयीहुने स्कुललाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विश्वकर्माले यस्ता कार्यक्रमहरु निरन्तर गराउनु पर्नेमा जोड दिएका थिए । बालबालिकाहरुलाई किताबि ज्ञान मात्र नभएर वाह्य ज्ञानको विकाश गर्नमा यस्ता प्रतियोगीताले सहयोग गर्छ, उनले भने ।

स्वतन्त्र युवा क्लब तुलसीपुर ६ राजापुरको  आयोजना तथा संचारकर्मी  श्रवन न्यौपानेको बिशेष पहलमा कार्यक्रम भएको थियो ।

प्रतियोगीतामा सहभागी भई प्रतियोगीतालाई सफल गराउन सहयोग पु¥याउने अतिथी, विद्यालय, शिक्षक तथा बिद्यार्थीहरुलाई कार्यक्रम संयोजक एवं प्रस्तोेता श्रवन न्यौपानेल धन्यबाद दिए छन् ।

प्रतिक्रिया दिनुहोस