शिशिर भण्डारी काठमाडौं ,भरतपुर महानगरपालिका वडा नं १५ का ढाका मोहन रानाभाटको घरमा यतिबेला ठुलो बज्रापात परेको छ । यो गरिब परिवार माथि आकाश खसेको छ । ३ बर्ष अगाडि आमा तपाईलाई सुख दिन्छु, बुवा अब हामी सधैं गरिबीमा बाच्नु पर्दैन, हाम्रा पनि खुशीका दिन आउंछ भनेर कतार गएको २२ बर्षको छोरा बिनोद रानाभाट यतिबेला कतारको जेलमा छन् । गर्दै नगरेको हत्याको आरोपमा बिनोद ३० महिनादेखि कतारको जेलमा नरकिय जीवन बिताईरहेका छन् ।
हामी नेपाली बिवधि समस्याले बिदेश जान्छौं । बिदेशमा गएर पनि अरुलाई सहयोग गर्न खोज्दा नमज्जाले फस्छौं । त्यस्तै भयो, बिनोद रानाभाटलाई पनि । जनरल क्लिनरमा काम गर्न कतार गएको केहि महिनामै एक भारतिय साथीलाई हस्पिटल लैजान लाग्दा उनी नै हत्याको आरोपमा जेल परे ।
दर्शकबृन्द, बिनोद रानाभाटको परिवारको यो कारुणिक भिडियोलाई सबैले शेयर गर्नुहोला । फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ट्टिर, इमो जहां जहां शेयर गर्नमिल्छ सबैतिर सेयर गरौं । जे नेपालमा आफ्नो देश, आमा र परिवार सम्झेर आंशु पिईरहेका मोहनलाई नेपाल झिकाउन मृतक भारतियको परिवारले २ लाख६० हजार कतारी रियाल व्लड मनी मागेको छ । अर्थात नेपाली रकम ८२ लाख भएमात्र मोहनलाई देश फिर्ता गर्न सकिन्छ ।
हामी नेपाली मिलेर सबैले सहयोग गरे, मोहन चांडै नै नेपाल फिर्ता हुनेछन् । यो परिवारको आंशुलाई हेरेर सबैले सहयोग गरौं । बिनोदलाई आफ्नै छोरानाती सम्झेर सबैले सहयोग गरौं । एउटा निर्दोष नेपालीलाई बिदेशमा फांसीको सजाय हुनबाट बचाऊं, म शिशिर भण्डारी सबैलाई दुई हात जोडेर बिन्ती गर्दछु । सहयोग गर्नका लागि बिनोदका बुवाको मोबाईल नं र खाता नं हामीले स्क्रिनमा र कमेन्टमा पिन गरेर राखेका छौं हामी मार्फत् सहयोग गर्न म शिशिर भण्डारीलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला, यो नं मा इमो, फाईबर दुईटै छ । फोन गर्न नसक्ने अवस्था छ भने म्यासेज छोड्नुहोला।