बाबुरामले फेशबुकमा पोष्ट गरेको त्यो तस्विर

काठमाडौं । आफ्ना क्षेत्रका जनतासंग भेटघाट गरिरहने नेताका रुपमा चिनिन्छन् पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई ।

सामाजिक सञ्जालमा सक्रिय यी नेता आफु पुगेको कुनै पनि स्थानको सचित्र बर्णन गर्न छुटाउदैनन् । चार दिन अघि सामाजिक सञ्जालमा स्कुल ड्रेसमा रहेका जस्ताले बेरेको एउटा कोठामा साना वालवालिकाले चाउ चाउ खाँदै गरेको दृष्य पोष्ट गर्दै लेखे ‘सानो कटौरामा चाउचाउको झोलको खाजा खाँदै उत्तरी गोरखाको एउटा अति उपेक्षित स्कुका यी अवोध नानीहरु । यस्तो पाराले समृद्ध नेपाल सुखी नेपाली कसरी बन्ला खै ?’

जुन तस्विरमा नेता भट्टराईले घुँडा टेकेर तिनै अवोध वालवालिकाको तस्विर नियालिरहेका छन् । उक्त तस्विरलाई १० हजार बढीले मन प¥यो भन्ने प्रतिक्रिया जनाएका छन् । एक हजार दुईसयले त कमेन्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस