काठमाडौँ, ५औँ अन्तराष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।
योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ ।
योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त र तन्दुरुस्त राख्न मद्दत गर्ने योग गुरुहरु भनाइ छ ।