एनआईसी एसियाबाट पनि ई–सेवामा रकम हाल्न मिल्ने

काठमाडौं । सेवाग्राहीले एनआईसी एशिया बैंकको सबै शाखाको काउन्टरबाट आफ्नो ई–सेवा खातामा रकम सिधै जम्मा गर्न सक्ने भएका छन् । बैंकले उपभोक्तालाई नयाँ सुविधा दिने भएको हो ।

बैंकका अनुसार सेवाग्राहीलाई आफ्नो मोवाइल बैंकिङ वा ई–बैंकिङबाट मात्र रकम जम्मा गर्न सक्ने व्यवस्था भएकोमा अबदेखि ई–सेवा काउन्टर डिपोजिटको सेवाबाट पनि ई–सेवामा रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस