धादिङमा जीप दुर्घटना, ४ को मृत्यु, ८ घाइते

धादिङ : धादिङको गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ। गल्छी गाउँपालिका- ५ को सिरुवारीबाट बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

स्थानीयले घाइतेहरुको अहिले उद्दार गरी विभिन्न राजमार्गका अस्पतालमा पठाउने क्रम जारी छ।घटनाको थप विवरण आउन भने बाँकी छ।

प्रतिक्रिया दिनुहोस