लक्ष्मण बस्नेत
असार ५ दाङ ।
दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ मा लक्ष्य युवा क्लब मलवार र स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसीपुरले अंक बाडेका छ्न् !
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत बिहिवार भएको शसक्त र शानदार खेलमा दुबै टिमले निर्धारित समय सिमा सम्म गोल रहित बराबरी खेलेपछी एक/एक अंक बाडेका हुन् !
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा आफुलाई लिगको दाबेदारी प्रस्तुत गरेका दुबै टिमका थुप्रै गोल हुने अबसरले गोलपोस्टको जाली चुम्न सकेनन् ! जारी लिगमा लक्ष्य युवा क्लबले आफ्ना दुई खेल ड्र गर्दै २ अंक बटुलेको छ भने एस एस एफ ए को पहिलो खेल ड्र हुँदै १ अंक छ ! उता सक्सेस युथ क्लब एक खेल जित्दै ३ अंक हात पार्न सफल भएको छ !यसैबिच शुक्रबार बेलुका सवा ५ बजे हुने खेलमा टाईगर युवा क्लब र युनाइटेड युथ क्लब आमने सामने हुदैछ्न् !
ठ