घर्तीको `खुट्टी हल्लाइदेउ´ मा लालुमै को सन्दिप

आशिष के.सी
असार ४, तुलसीपुर ।।

हरेक वर्ष तीज को अवसरमा तिज गीत बजार मा ल्याउँदै आएका चर्चित गायक प्रेम विवश घर्ती ले यसपाली पनि तीज गीत बजारमा ल्याउने तयारीमा रहेको बताएका छन।यसपालीको तिज गितमा भने नयाँपन दिएको उनले बताए।

दाङका शान लोकप्रीय गायक तथा संचारकर्मी घर्ती नेपाली सांगितिक क्षेत्रमा राम्रो छवी बनाउन सफल भएका छन् । पछिल्लो समय उनका गित चर्चाको शिखरमा पुगेका छन । उनको यसपालीको तिज गितको भाका चाहीं `खुट्टि हलाईदेउ´रहेको छ ।

प्रेम विवश घर्ती र शान्ता घर्ती मगर को संयुक्त प्रस्तुती मा यस वर्षको तीज गीत `खुट्टि हल्लाइदेउ´ बजार मा भने असार को दोस्रो साता सम्म आउने गायक घर्ती ले बताए । उनले भने “सुटिङ सक्किसक्यो अब केहि काम बाँकी छ, असारको दोस्रो साता सम्म बजारमा आउँछ” । साथै उनले यो गित नयाँ भाका र नयाँ शैलीमा बनाएको ले गित चर्चित हुने दाबी गरे ।

“सबै नेपाली लाई मनपर्ने गित बनाएको छु, यसमा केहि रमाईलो पक्ष पनि छ, त्यो गित हेरेपछि मात्रै थाहा हुन्छ” उनले भने । साथै निर्देशक र मोडलले पनी गीत राम्रो भएकोले शुटिङ मा निकै रमाइलो भएको समेत बताएका छन् ।

यस गितमा शब्द, लय समेत गायक घर्ती कै रहेको छ भने उनलाई गायिका शान्ता घर्ती मगर ले साथ दिएकी छिन् । गीतमा चर्चित गीत “लालुमै” का गायक तथा मोडल सन्दिप न्यौपाने र सोफिया थापा ले मोड्लिङ गरेका छन् भने शिभान पोख्रेल ले निर्देशन गरेका छन ।

प्रतिक्रिया दिनुहोस