जिल्ला लिग र क्विक्स कप फुटबल जारी

लक्ष्मण बस्नेत
असार ४ दाङ ।
दाङमा जिल्ला लिग र क्विक्स कप अन्तर बिध्यालय स्तरिय फुटबल प्रतियोगिता २०७६ चलिरहेको छ !
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत क्विक्स कपमा जिलामा स्थापित ५३ बिद्यालय आमने सामने भईरहेका छन् ! त्यस्तै जिल्ला लिगमा १० क्लब बिच भिडन्त चलिरहेको छ !
क्विक्स कप तर्फ घोराही क्षेत्रमा २२ बिधालय र जिल्ला लिगमा ५ क्लब छन भने तुलसिपुर क्षेत्रमा क्विक्स कप तर्फ ३१ बिधालय र जिल्ला लिगमा ५ क्लबको सहभागिता छ ! दुबै प्रतियोगिता बाट सेमिफाइनल यात्रा तय गर्ने घोराही र तुलसिपुर क्षेत्रका २/२ टिम बिच सेमिफाइनलमा भेट हुनेछ!
यसैबिच जिल्ला लिग अन्तरगत बुधबार भएको खेलमा सक्सेस युथ क्लब बिजयी भएको छ !
युनाइटेड युथ क्लब तुलसिपुर लाई ३-० गोल अन्तरले पाखा लगाउदै सक्सेस युथ क्लब बिजयी भएको हो !
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको शसक्त र शानदार खेलको पहिलो हफ्को २६ औ मिनेटमा सक्सेसका जर्सी न ७ का अभिषेक ओलिले पहिलो गोल गर्दै टिम लाई १-० को अग्रता दिलाए ! जर्सी न ९ का अर्जुन नेपालिले २९ औ मिनेटमा थप एक गोल गरे भने जर्सी न ८ का दुर्गा राजलवटले दोस्रो हाफ्को ३४ मिनेटमा गोल गर्दै टिमलाई ३-० को जित दिलाउन सफल भए ! यसअघि मंगलवार सम्पन्न खेलमा लक्ष्य युवा क्लब मलवार र टाईगर क्लब दमारगाउ बराबरि खेल्दै एक/एक अंक बाडेका छ्न् ! यसैबिच लिग फुटबलमा बिहीवार बेलुका सवा ५ बजे लक्ष्य युवा क्लब मलवार र स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसीपुर भिड्नेछन् ! यसैबीच क्विक्स कप अन्तर बिद्यालय अन्तरगत बुधबार जिवनप्रेमी स्कुल तुलसिपुर र राप्ती बाल एकाडेमी बिजयी भएका छ्न् ! क्विक्स कपमा बिहीबार बिहान पहिलो खेल सगरमाथा स्कुल र माबि दोघरे त्यस्तै दोस्रो खेल ग्यालेक्सी बोर्डिङ स्कुल गौरिगा र बाल अमृत दुधरास बिच हुनेछ !

प्रतिक्रिया दिनुहोस