प्रवासमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन,दुबईमा तीन जिल्लाका सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा तिज बिशेश

युएई। प्रवासमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन साथै छात्रवृत्ति कोष स्थापना गर्ने उद्देश्यका साथ दुबईमा तीन जिल्लाका सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम दोश्रो संस्करण आयोजना हुने भएको छ।

स्थापनाकाल देखिनै समाज सेवा र संस्कृतिको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएका दाङ देउखुरी समाज, प्युठान स्वर्गद्वारी समाज र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले गत बर्षझैँ यसपालि पनि संयुक्त तीज विशेष कार्यक्रमको आयोजना गर्न लागेका हुन्।

यहि अगस्ट ३० का दिन देरा दूबइको कार्ल्टन टावर होटेलमा आयोजना हुने उक्त कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु राधिका हमाल, झलक संगीतम र बिन्दु परियार युएइ आउने साथै युएइमा रहेका स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक प्युठान स्वर्गद्वारी समाजका उपाध्यक्ष भिम सुनारले जानकारी दिए।

गत बर्षको संयुक्त कार्यक्रमले युएइमा क्रियाशील सामाजिक संस्थाहरुबीच एकता र सहकार्यको संदेश प्रवाह गरेको र यो बर्ष पुन: जेहेन्दार तथा विपन्न विद्यार्थी सहयोगार्थ छात्रवृत्ति कोष स्थापनार्थ साथै परदेशमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि संयुक्त कार्यक्रम आयोजना गर्न उर्जा मिलेको दाङ्ग देउखुरी समाजका अध्यक्ष कमल गिरिले बताए।

अन्तराष्ट्रिय रोल्पाली सेवा समाज, युएइका अध्यक्ष किर्तिमान पुनका अनुसार संयुक्त कार्यक्रम भाग १ मा सोचेभन्दा बढि दर्शकको उपस्थितिले यसपाली त्यसअनुरूप तयारि गरिएको जानकारी दिए। साथै युएइमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुलाई उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्न समेत अनुरोध गरेका छन्।

प्युठान स्वर्गद्वारी समाजका अध्यक्ष हेमन्त घिमिरेले तीज महिला विशेष चाड भएको र कानूनि जटिलताले गर्दा महिला सहज रुपमा स्वदेश जान नपाएकोले यस्ता कार्यक्रमले युएईमा कार्यरत नेपाली चेलीहरुलाई भेटघाट र आपसी सद्भावना साटासाट गर्न सहज हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस