काठमाडौँ, ३ असार । विगत ११ वर्ष देखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस टिनकलेज २०१९ को सातौ संस्करण र कलेज हेन्डसम नेपाल द्रोस्रो संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष २० वर्ष सम्मको छात्राहरु र १६ देखि २३ वर्र्ष सम्मका छात्र केटाहरुलाई मध्यनजर राखि मिस टिन कलेज २०१९ र हलेज हेन्डसम नेपालको आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले बताए ।
कलेज स्तरका युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उनी बताउँछन् ।
विगत ११ वर्षदेखि काठमाडौँमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो सातौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट छात्र छात्राहरु गरेर जम्मा ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ ।
‘Student’s personality education and beauty’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्र छात्राहरुलाई सहभागी गराइने छ । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७६ साल असार २५ गते वाट २७ दिनको प्रशिक्षण दिइने छ ।
प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन, मोडलिङ् ¥याम्प वाक , पालुङ भ्रमण, टेवल म्यानर,फोटोग्राफी,फूटसल लगायत विभिन्न प्रतियोगीतात्मक खेलकुदका कार्यक्रमहरु,व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजीट, विभिन्न कलेजको भ्रमण र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ ।
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । सामाजीक सेवा अन्तरगर्त फष्ट नेपाल फाउण्डेसन संगको आवद्धतामा एक वर्ष सम्म विभिन्न सामाजीक कार्यमा सहभागी गराइने छ । उक्त कार्यक्रमको लागि सहभागीताको लागि असार तेस्रो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय कमलादीमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा श्रावणको तेस्रो साता राजधानीमा सम्पर्न हुनेछ ।
प्रतियोगिताका विजेताले ‘मिस टिन कलेज तथा कलेज हेन्डसम नेपाल २०१९’ कोे ताज उपाधि सहित उच्च शिक्षाको लागि छात्रावृत्ति साथै थाइल्याण्ड भ्रमणको अवसर र वैदेशिम उच्च शिक्षाको लागि अष्टेलियाको लागि छात्रावृत्ति पाउने छन भने नेपाल एयर होस्टेज एकाडमीमा एयरहोस्टेज अध्ययनकोलागि पूर्णछुट पाउनुको साथै अन्य गिफ्टहयाम्पर पाउने छन । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।