काठमाडौं- पाँच सय १५ स्थानीय तहको रिक्त दरबन्दी पदपूर्तिका लागि खोलिएको विज्ञापनमा मंगलबारसम्म लोक सेवा अयोगमा १ लाख ७२ हजार ४ सय ४४ जनाको दरखास्त परेको छ।
स्थानीय तहका विभिन्न तहमा ९ हजार १ सय ६१ पदका लागि आवेदन दिने भनेर तोकिएको अन्तिम दिनसम्म यो संख्यामा मानीशले दरखास्त फारम भरेका हुन्। सर्भर अवरुद्ध भएका कारण यो संख्यामा केही कमी भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए।
आयोगको सर्भरमा समस्या आएकाले केही दिन म्याद थप भएकाले थप १ लाख दरखास्त पर्न सक्ने प्रारम्भिक अनुमानमा आयोग पुगेको उनले बताएका छन्।
सुवेदीका अनुसार प्रतिमिनेट ५० देखि १ सय आवेदन परिरहेको छ। यसरी आवेदन आउँदा सर्भरले धान्न नसक्ने अवस्था आएपछि डाउन भएको उनको तर्क छ। युवाहरुको यही आर्कषण र समस्यालाई देखेर तोकिएको शुल्कमा आवेदन दिनसक्ने समय ७ दिन थपिएको उनले बताए।
असार १० सम्म साविक शुल्क र त्यसपछि १७ गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिने आयोगले सूचना जारी गरेर जानकारी गराइसकेको छ।
यही विवाद सम्बन्धी मुद्दा समेत सर्वोच्चमा विचाराधीन रहेको छन्। बुधबार सर्वोच्चले यसमा एउटा निष्कर्ष दिने तयारी गरेको छ। सर्वोच्चले रोक्न अन्तरिम आदेश जारी गरेमा यो विज्ञापन अनिश्चितकालका लागि स्थगित हुनेछ भने जारी नगरेमा पदपूर्तिको प्रक्रिया अघि बढ्ने छ।