ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम : महोत्तरीमा ट्याक्टरको ठक्करबाट घाईते मोटरसाइकल चालकको मृत्यू भएको छ।

महोत्तरीको गौशाला नगरपालिका ३ नवराजपुरका १८ बर्षीय मनोज यादवको मृत्यु भएको हो। गौशाला–औरही सडक खण्ड अन्तर्गत जंघापुल नजिक ज. १ त. ४२७९ नम्बरको ट्याक्टरले मोटरसाइकलमा सोमवार राति करिब १० बजे ठक्कर दिएको थियो।

नम्बर प्लेटमा अनटेस्ट लेखिएको उक्त मोटरसाइकल विपरित दिशामा रहेका बेला ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका थिए। उनलाई तत्कालै उनलाई उपचारका लागि बर्दिबास लग्नेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस