बझाङमा जिप दुर्घटना,९ जनाको मृत्यु ।

बझाङ– बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ।

से १ ज १०७२ नम्बरको जिप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको बझाङका डिएसपी सूर्यबहादुर केसीले पुष्टि गरे।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मस्टा गाउँपालिका जाँदै गरेको जिप कोटदेवल भन्ने ठाउँमा दुर्घटना भएको हो।

मृतकहरुको पहिचान खुलि नसकेको डिएसपी केसीले बताए। उद्धारको काम भइरहेकाले मृतकको संख्या बढ्न सक्ने उनको भनाइ छ।

डिएसपी सुवेदीका अनुसार जिप अफ्ठ्यारो ठाउँमा खसेका कारण उद्धारमा कठिनाइ भएको छ। दुर्घटनाको कारण खुलेको छैन।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस