नेपाल बैंक लिमिटेडको तुलसीपुरमा विधिवत उद्याटन।

आशिष के.सी.
तुलसीपुर, ०१ असार ।
नेपाल बैंक लिमिटेडको शाखा दाङको तुलसीपुरमा पनि विस्तार गरिएको छ । शाखाको आज आईतबार तुलसीपुर उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेले उद्याटन गर्नुभएको हो । शाखाबाट चैत्र २० गतेदेखी कारोबार सुरु भएपनि औपचारीक उद्याटन भने आज भएको हो । नेपालकै १६७ औं शाखा र जिल्लाको दोस्रो शाखाको रुपमा उद्याटन गरीएको हो ।

नेपाल बैंक लिमिटेड तुलसीपुरका शाखा प्रबन्धक विश्वराज अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यता एवं बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले तुलसीपुर उपमहानगरपालीकामा एक नागरिक एक बैंक खाताका कार्यक्रम ग्रामिणस्तरमा लैजानुपर्ने बताउनुभयो ।

उहाँले आर्थिक समृद्धिसँग जोडिन वित्तिय संस्थाको महत्वपूर्ण भुमिका रहने भन्दै यस्ता वित्तिय संस्थाबाट लाभलिन सकिने बताउनुभयो । साथै उहाँले तुलसीपुरमा अवैधानिक रुपमा भईरहेको लेनदेनको कारोबार बन्द गरी शुरक्षीत र भरपर्दोे बैंकिङ कारोबार गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अथिती तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले दाङमा नेपाल बैंक लिमिटिडका सेवाग्राही धेरै भएकाले तुलसीपुर शाखा सञ्चालनमा ल्याईएको बताउनुभयो । नेपालकै पहिलो बैंक र सरकारी स्वामित्वको बैंक भएकोले पनि जनताका लागि सरल र सुविधायुक्त रहेको उहाँले बताउनुभयो ।

उहाँले सरकारी स्वामित्वको बैंक भएकोले पनि नीजि बैंक सरह नाफामुखी भन्दापनि सेवामुखी भएको बताउनुभयो । उहाँले सेवाग्राहिलाई मध्यनजर गर्दै अब दाङको लमही, भालुबाङ, गढवा, नारायणपुर, हापुरे लगाएतका स्थानमा नयाँ शाखा विस्तारको तयारीमा रहेको पनि बताउनुभयो ।

उद्याटन समारोहमा बैंकका प्रदेश नं. ५ का प्रमुख पासाङ दोर्जे शेर्पा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत, पश्चिमाञ्चल हार्डवयर प्रालीका प्रबन्ध निर्देशक मनोज बुढाथोकी, बैंकका भुतपूर्व वरीष्ट प्रबन्धक केशव दिपक न्यौपाने लगायतले सेवामुखि रुपमा बैकले सेवा दिनुपर्ने बताउनुभयो ।

शाखा प्रबन्धक विश्वराज अधिकारीका अनुसार हाल भुक्तानी, रेमिट्यान्स, ट्रान्सफर सेवा साथै विभिन्न कर्जा, एटिएम, राजश्व, लकर सुविधा, सुन धितो कर्जा लगायत सम्पूर्ण वित्तिय सेवा उपलब्ध रहेको बताउनुभयो । यस अघि तुलसीपुरमा उक्त बैंकको शाखा नहुँदा हरेक कार्यका लागि घोराही जानुपर्ने बाध्यता अन्त्य हुने भएपछि यहाँका नागरिक खुसी भएको छन् ।

घोराही शाखा प्रबन्धक चन्द्रप्रकाश अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालण शाखाका कर्मचारी विश्व थापा ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस