क्वीक्स कप तथा जिल्ला लिग फुटबल उद्घाटन क्विक्स कपमा आदर्शको बिजयी सुरुवात।

लक्ष्मण बस्नेत
असार १ दाङ ।
दाङमा आईबार देखि क्वीक्स कप अन्तर विद्यालय छात्र/छात्रा तथा जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख मेयर घनश्याम पाण्डले गरेका हुन् ।
समारोहलाई सम्वोधन गर्दै मेयर पाण्डेले खेलकुद मानव जिवनको मेरुदण्ड भएको बताए !
नागरिक स्वस्थ बन्न खेलकुद, आपसी भाईचार तथा अन्तराष्ट्रिय स्तरमा राष्ट्रको सान र गौरव लाई सदैव उच्च राख्ने दरिलो माध्यम खेलकुद नै भएकाले यो मानव जिवनको मेरुदण्ड हो उनले भने । साथै उनले मानव स्वास्थ्य र देशको समृद्धि खेलकुद संग जोडिएको खेलकुदको बिकासमा आफु लागि परेको समेत बताए ! दाङ खेलकुदका हस्ती खेलप्रेमी नारायण सिह गुरुङले खेलाडिले खेलकुदको उच्च आदर्श र अनुशासन लाई पालना गर्नु पर्ने बताए ! एउटा कुशल खेलाडी बन्न लगनशीलता र अनुशासनको महत्त्वपूर्ण भुमिकालाई खेलाडिले सदैव आत्मसात गर्नु पर्ने बताए ! कार्यक्रम संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षतामा भएको थियो ! संघका उपाध्यक्ष इन्द्र बहादुर पुनको स्वागत रहेको कार्यक्रमको संचालन सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ! यसैबिच क्विक्स कप अन्तर बिध्यालय स्तरीय फुटबल प्रतियोगिता छात्र तर्फ आदर्श एकाडेमि तुलसिपुरले बिजयि सुरुवात गरेको छ !
उद्घाटन खेलमा सप्तरङ्गी बोर्डिङ स्कुल बेलुवालाई ट्राईवेकरमा ३-१ गोलको अन्तरले पराजित गर्दै आदर्शले बिजयी सुरुवात गरेको हो ! उल्लेख्य दर्शकका बिच बेल्झुण्डी रंगशालामा भएको शानदार खेलमा एक /एक गोलको बराबरी भएपछी खेलको नतिजा ट्राईवेकर बाट निकालिएको हो ! खेलको मुख्य रेफ्रीमा रास्ट्रीय रेफ्री शिवहरी शर्मा,खुम बहादुर ओलि र सुरेन्द्र चौधरी रहनु भएको थियोे !प्रतियोगिता अन्तरगत सोमबार दिउसो साढे ३ बजे डिभाईन टेम्पल एकाडेमि तुलसिपुर र जनकल्याण माबी थारमारे बिच हुनेछ भने दोस्रो खेल सेन्टर माबी तुलसिपुर र पारिजात बोर्डिङ स्कुल बिच बेलुका सवा ५ बजे हुने आयोजकले जानकारी दिएको छ ! दुई साता सम्म चल्ने प्रतियोगिता अन्तर बिध्यालय तर्फ ५३ र जिल्ला लिग तर्फ १० टिमको सहभागिता रहेको छ ! खेल घोराही र तुलसीपुरमा हुनेछ ! त्यस्तै छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ !

प्रतिक्रिया दिनुहोस