गरीबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन:सांसद चौधरी

काठमाडौं– नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले भूमिहीन किसानको पक्षमा ल्याइएको गुठी विधेयकको अपव्याख्या गरिएको आरोप लगाएकी छन् । विधेयकले कतैपनि धार्मिक आस्थामाथि हस्तक्षेप नगरेको उनको दाबी छ ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा सांसद चौधरीले काठमाडौं उपत्यकाभित्र र बाहिरका गुठीको समस्या छुट्टाछुट्टै भएको बताएकी हुन् । उनले गरीब किसानको पक्षमा बोल्न प्रतिपक्षीलाई सुझाव दिइन् । ‘म दाङको सांसद हुँ, दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिघा जमिन १६ सय घरधुरीले प्रयोग गरिरहेका छन् । स्वर्गद्वारी मन्दिरलाई संरक्षण गर्ने मोही किसानको समस्या यति नाजुक छ, उनीहरूको बारेमा कोही किन बौल्दैन ?,’ उनले प्रश्न गरिन् ।

सांसद चौधरीले प्रतिपक्षी दल कांग्रेसलाई प्रश्न गरिन्– ‘भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने ? गरीबको पक्षमा बोल्न नहुने हो भने यस्तो गणतन्त्र कसको लागि हो ?’

संसदमा भावुक हुँदै शान्ताले थपिन्, ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ? गरीबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन ?’

प्रतिक्रिया दिनुहोस