दाङमा स्कुटरको ठक्कर बाट एक जनाको ज्यान गयो ।

पूर्ण के.सी. असार १, दाङ ।

दाङको तुलसीपुरमा स्कुटरको ठक्कर बाट एकजनाको ज्यान गएको छ । स्कुटरले बृद्धलाई ठक्कर दिएको प्रारम्भिक खबर प्राप्त भएको छ । मृतकको पहिचान भने भएको छैन । अन्दाजी ७० बर्षको जस्तो देखिने ती व्यक्ति मधेसी मुलुकको हुन सक्ने प्रहरीको अनुमान छ ।
तुलसीपुर–सल्यान सडक खण्डमा रा २ प १०६७ नम्वरको स्कुटरको ठक्कर बाट घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना निवासी २२ बर्षीय समिर चौधरीले चलाएको स्कूटरले उनलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । गम्भीर घाइते उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस