गोबिन्द शर्मा स्मृती पत्रकारिता पुरस्कार’ घोषणा।

काठमाडौं । स्वर्गीय पत्रकार गोबिन्द शर्माको स्मृतीमा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । प्रेस संगठन नेपाल काठमाडौँ जिल्ला समितिले पत्रकार घिमिरेको नाममा ‘गोबिन्द शर्मा स्मृती पत्रकारीता पुरस्कार’ घोषणा गरेको हो ।

शर्माको १३ औँ दिनको पुण्यतिथिमा गत शुक्रवार आयोजित श्रद्धान्जली सभामा उक्त पुरस्कार घोषणा गरिएको हो । शर्माले लिएको आर्दशलाई पछ्याउने पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने तत्कालिन प्रेस सेन्टर काठमाडौका उपाध्यक्ष सागर पन्तले जानकारी दिए । उपाध्यक्ष पन्तका अनुसार उक्त पुरस्कारको राशि १० हजार र कदर पत्र रहने छ ।

पुरस्कार छनोट समिति गठन गरि उक्त पुरस्कार समितिको सिफारिसमा आगामी बर्ष दिईने उपाध्यक्ष पन्तले जानकारी दिए ।

पत्रकार शर्मा र उनी संगै सवार कलाकार चन्द्रमणी मुडभरीको गत जेठ १९ गते सडक दुर्घटनामा परेर निधन भएको थियो । पत्रकार शर्मा तत्कालिन प्रेस सेन्टर काठमाडौका अध्यक्ष समेत हुन।

प्रतिक्रिया दिनुहोस