काठमाडौं ।
जाजरकोट केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ।शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा कर्णाली प्रदेशको जाजरकोट जिल्लामा ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
शुक्रबार पनि बझाङ्ग केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।भूकम्पको इतिहास हेर्दा संसारमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा सन् १९६० मा ९.५ रेक्टर स्केलको गएको प्रमाण छ।
हालसम्म संसारमा ९ रेक्टरभन्दा ठूला पाँच भूकम्प गएका छन्। तीमध्ये चार वटा भूकम्प प्रशान्त महासागर आसपासमा गएका छन्। भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ।त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ।
त्यस को शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ।सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमारसम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ।
यस्तो भूकम्पीय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास रहेको भूगर्भविदहरुले दाबी गरेका छन्।