महिला मगर संघको अध्यक्षमा बुढामगर चयन।

आशिष के.सी
तुलसीपुर, ३२ जेठ ।

नेपाल महिला मगर संघ तुलसीपुर नगरको अध्यक्षमा इमा बुढामगर चयन हुनुभएको छ । संघको आज शनिबार तुलसीपुरमा भएको अधिवेशनले बुढामगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा हरिमाया पुन मगर र राधा थापा, सचिवमा कविता घर्ती, सहसचिवमा गौमाया थापा, कोषाध्यक्षमा शुसिला बुढा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा वसन्ता राजकोटी, भगवती पुन, रुपा थापा, अनिता बुढा, गिमानी बुढा, बिनकुमारी घर्ती, किसमाया पुन,अरुणा घर्ती बसन्ता राजकोटी, रुपसरी रोका , हिरा थापा, श्रृजना घर्ती, शोभा पुन लगायतका रहनुभएको छ । संघको सल्लाहकारमा बिरमा पुन, शुभद्रा बुढा, टिला घर्ती, गोमा कुसारी र इश्वरा रोका चयन हुनुभएको छ ।

नेपाल महिला मगर संघको तदर्थ समितिको अध्यक्ष बीरमा पुनको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि घर्तीले राजनीतिक देखि आर्थिक तथा सामाजिक आन्दोलनमा मगरको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाज प्रदेश नम्बर पाँचका उपाध्यक्ष बलभद्र कुसारी मगर, नेपाल मगर संघ दाङका उपाध्यक्ष नेत्रा घर्ती, ललिता बुढा, नेपाल मगर संघ तुलसीपुरका अध्यक्ष रामकुमार घर्ती लगायतले मगरले विभिन्न आन्दोलनमा खेलेको भुमिका राज्यले भुलेको आरोप लगाउनुभयो ।।

प्रतिक्रिया दिनुहोस