पौडी खेल्ने क्रममा एक बेपत्ता

खाँदबारी : 

संखुवासभाको सभाखोलामा पौडी खेल्नेक्रममा एक युवा बेपत्ता भएका छन्। पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका ११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन्।

साथीसँग पौडी खेल्न गएका राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मिमबहादुर लालले जानकारी दिए। राई अन्य चारजना साथीसँग पौडी खेल्न गएका थिए। उनको खोजी भइरहेको डीएसपी लालले बताए।

प्रतिक्रिया दिनुहोस