दाङको शान्तिनगरमा ट्याक्सी दुर्घटना हुँदा ११ जना यात्रु घाईते।

पूर्ण के.सी. जेठ ३१, दाङ । दाङको शान्तिनगरमा ट्याक्सी दुर्घटना हुँदा ११ जना यात्रु घाईते भएका छन् । शुक्रबार दिउसो दाङको शान्तिनगर ४ गब्दुवामा तुलसीपुरबाट खिलतपुर जादै गरेको लु १ ज ११९१ नम्बरको यात्रुबहाक ट्याक्सी दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि जिल्ला बाहिर पठाईएको प्रहरी बताएको छ । अन्य ९ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
गम्भीर घाईते मध्ये बर्ष ३९ कि खिमा ओलि हात खुट्टामा र टाउकोमा चोट् लागेको र बर्ष ५० कि छबी डाङ्गीको टाउकोमा चोट लागेकोले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको प्रहरीले बताएको छ ।

चिराघाट प्रहरी चौकीका अनुसार घाईते हुनेमा शान्तिनगर एक निवासी पुर्णकली राना, अनिता राना, संजय नेपाली,मन्तरी सोमै,भिमा घर्ती, टिका दर्लामी, डम्बर पुन, देबिका ओलि र आयुशा दर्लामी बसन्ता रहेका छन । दुर्घटना के कारणले भयो भन्ने अनुसन्धान भैईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस