नेकपाका शीर्षस्थ नेताहरुद्वारा पुर्व शिक्षामन्त्री पौडेललाई गरे अन्तिम श्रद्धाञ्जली। (फोटो फिचर)

काठमाडौं । ह्दयघातका कारण शुक्रबार बिहान निधन भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेलप्रति नेकपाका शीर्षस्थ नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पौडेलको पार्थिव शरिरमा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल, सचिवालय सदस्य बामदेव गौतम, सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, स्थायी समिति सदयहरु अमिक शेरचन, देवप्रसाद गुरुङलगायतका नेताहरुले श्रद्धाञ्जली दिएका छन् । नेताहरुले पौडेलको पार्थिब शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धञ्जली दिए ।

पौडेलको आजै माडीमा अन्त्येष्टि हुने पारिवारीक श्रोतले जनाएको छ । उनकी श्रीमती र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस