सुपरहिट टाइटल फ्रेन्चाईज नाईँ भन्नू ल -५ ले युट्युबमा तहल्का मच्चाएको छ ।
रिलिज भएको पाँचौ दिन पुरा भएसँगै फिल्मले आक्रमक भ्यूज कमाउँदै टे«न्डिङ वानमा आफ्नो ब्रान्ड भ्यालुको झण्डा फैलाउँन सकेको हो ।
पछिल्लो समय नेपाली फिल्मका कन्टेन्टले यसरी लामै समय सम्म ट्रेन्डिङ वानमा कब्जा जमाई राख्न मुस्किल परिरहेका बेला नाईँ नभन्नू ल -५ ले देखाएको यो नतिजा हेर्दा लाग्छ तत्तकाल यो फिल्मले ट्रेन्डिङ वानको सिट छाड्ने छैन् ।
सम्भवत रिलिज भएको १ सय ४४ घण्टा (६ दिनमै ) ६० लाख भ्यूज बटुल्ने पहिलो फिल्म यहि बनेको छ । भिजिट पर आवरको रेसियो नघट्ने हो भने यो फिल्मले अबको केही दिनमै युट्युबमा १ करोड भ्यूज प्राप्त गर्दै ऐतिहासिक रेकर्ड कायम गर्ने सम्भावना पनि प्रबल छ ।
बिकास आचार्यको निर्देशनमा बनेको नाईँ नभन्नू ल ५ गत बर्षको भाद्र ८ गते रिलिज भएको फिल्म हो जसले नेपाली बक्स अफिसमा झण्डै ६ करोडको ग्रस कारोबार गरेर आफूलाई सफल बनाएको थियो ।
यो फिल्मबाट सेड्रिना शर्मा जस्ती चम्किली ताराको पनि डेब्यू भएको छ भने निरुता सिंह र दीलिप रायमाझीलाई थोरै भएपनि बर्षौ पछि एक साथ दर्शकले देख्न पाएका छन् ।