बलिउड अभिनेत्री सन्नी लियोनीको चौतर्फी चर्चा : भिडियो सहित

ईन्डियन अमेरिकी अभिनेत्री तथा पूर्व पोर्नस्टारका रुपमा परिचित बलिउडकी चर्चित हिरोइन सन्नी लियोनीले नेपाली फिल्म पासर्वडको गीतमा डान्स गरेकी छिन् ।

भाद्र २७ गते देखि प्रर्दशनमा आउँन लागेको फिल्म पासवर्डमा सन्नीले नेपाली अभिनेता विक्रम जोशीका साथमा कम्मर मर्काएकी छिन् । उनको कम्मर मर्काई उनकै बल्कबष्टर गीत बेबी डलको स्टेप जसरी देखिएको छ । आईटम नम्बरको उक्त गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ भने गायनमा दुर्गा खरेलले दिएकी छिन् ।

संगीत पक्ष र गायन पक्षमा बेजोड मिहिनेत गरिएको यो गीतका रचनाकार चाँहि स्वयम फिल्मका अभिनेता विक्रम जोशीको हो जुुन लिरिक्स पक्ष संगीत निर्माणको तुलनामा अझ पावरफूल भईदिएको भए यो गीतले चाँडैनै क्लब तथा बारहरुमा कब्जा जमाउँन सक्थ्यो ।

‘म आईटम नम्बरका गीतहरुमा शब्द भन्दा बढी संगीत निर्माणमा ध्यान दिन्छु किन कि यस्ता गीतहरुमा म्यूजिकको पाटोलाई दर्शकलाई रुचाउँछन् । ‘ पत्रकारहरुको तर्फबाट लिरिक्सको बिषयमा प्रश्न आउँदा संगीतकार पोखरेलको त्यस्तो तर्क दिएका छन् ।

बेलायतमा बसेर दर्जनौ बलिउड फिल्मका को प्रोड्यूसर तथा फाईनन्स कन्ट्रोलरका रुपमा कार्य गरिसकेको युवा अमित बस्नेतले यो फिल्ममा लगानी गरेका छन् । ‘मैले नेपाली फिल्मलाई पनि विश्वबजारमा चिनाउँने प्रयाश स्वरुप यति धेरै लगानीमा फिल्म बनाउँने प्रयाश गरेको छु त्यसैले सन्नी लियोनीलाई यो गीतमा मात्र राख्नु भनेको फिल्मको ब्रान्डिगका लागि पनि हो ।’ उनले पत्रकारहरुको विभिन्न प्रश्नको जवाफमा त्यस्तो प्रतिक्रिया दिएका छन् ।

बलिउडकै कोरियोग्राफर बिष्णु देवाले निर्देशन गरेको यो गीतको दृश्य भाषा हेर्दा सवै पक्षमा न्याय गर्न खोजिएको छ भने छायाँकनको दृष्टीकोणबाट हेर्दा एरियल तथा जिव सर्ट तथा लङ्ग सर्टको मात्र कमि देखिएको छ । यो गीतका डिओपी चाँहि सौरभ लामा हुन जसले यहि फिल्म निर्माण गरेका निर्माता अमित बस्नेतको अर्को प्राजेक्ट सम्हालिन्छ कहिले मन पनि खिचेका छन् । उक्त फिल्ममा चाँहि पूजा शर्मा र सुर्दशन थापाको टिमअप छ ।

एक्सन कमेडी जनरको यो फिल्ममा बिक्रम जोशी सहित अनुप बिक्रम शाही बुद्धी तामाङ ,छुल्ठिम गुरुङ, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

सिमा गुरुङको स्टोरीमा बनेको यो फिल्मका स्क्रिनप्ले राईटर चाँहि महेश दवाडी र फिल्मका निर्देशक सम्राट बस्नेतले संयुक्त रुपमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस