पूर्वमन्त्री एकनाथ ढकाल र फिलिपिन्सका राष्ट्रपति रोड्रिगोका प्रवत्ता सल्भाडोर पेनेलोबीच भेटवार्ता।

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेका प्रवत्ता सल्भाडोर पेनेलो सँग भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालयमा भएको भेटमा क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्दामा सरकार र नागरिक समाजबीच सहकार्यबारे कुराकानी भएको ढकालको स्वकीय सचिवालयले जनाएको छ। उक्त अवसरमा दुई मित्र राष्ट्रबीच आपसी हित, विश्वमा शान्ति, भातृत्व, मेलमिलाप र एकताकोबारे छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस